काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले गण्डकी प्रदेश सरकारले गरेको विकास निर्माणको कामको सम्मान गर्नुभएको छ ।
गण्डकी प्रदेश सभाको बिहिबारको बैठकमा बोल्दै आचार्यले ‘माननीयज्यूले आफ्नो नेतृत्वमा गर्नुभएको कामको म सम्मान गर्दछु’, बैठकमा बोल्दै उहाँले भन्नुभयो ।
उहाँले कार्यप्रारम्भ गरेर मात्र होइन त्यसलाई पूरा गरेर अघि बढ्ने जिम्मवारी पनि बहनु गर्नुपर्ने बताउनुभयो । सरकार अल्पमतमा पर्दै छ भन्ने थाहा पाएपछि धेरै योजना शिलान्यास गरेर मुख्यमन्त्रीले छाडेको भन्दै उहाँले त्यसलाई पूरा गर्ने जिम्मेवारी कसको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले केन्द्रको राजनीतिको प्रभाव सबै क्षेत्रका पर्ने भएकोले गण्डकीमा पनि त्यसको प्रभाव परेको बताउनुभयो । उहाँले सत्ता शक्तिका निमित्त नेपाली जनताले दिएको पाँच वर्षको म्यानडेट एमालेले पूरा गर्न नसकेको बताउनुभयो ।
