काठमाडाैं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएकाे छ । शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा पदमुक्त हुनुभएकाे सूचना पढेर सुनाउनुभएकाे हाे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो । प्रदेश सभामा बैठकमा उपस्थित भएपनि थापा तटस्थ बस्नुभएकाे थियाे । थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो ।
यसअघि पनि जनमाेर्चाले उहाँलाई कारबाही गरेर सांसद्बाट हटाएकाे थियाे । त्यसपछि थापा सर्वाेच्च अदालत जानुभएकाे थियाे । सर्वाेच्चले थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।
