काठमाडौं । गण्डकी प्रदेश सभा बैठक आइतबार सम्मका लागि स्थगित भएकाे छ ।
मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएपछि कार्यसूचीमा प्रवेश नगर्दै प्रदेश सभा बैठक स्थगित भएकाे हाे । शुक्रबार बसेकाे बैठककाे सुरुमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमाेर्चाका सांसद् कृष्ण थापालाई कारबाही गरेकाे पत्र पढेर सुनाउनु भएकाे थियाे ।
त्यसपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा एमाले सांसद् उठेर बैठक अगाडि नबढाउन माग गरे । एमालेले प्रदेश सभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै बैठक स्थगित गर्न माग गरेकाे हाे ।
एमाले मुख्य सचेतक मायानाथ अधिकारीले कोही मन्त्री उपस्थित नभएका कारण सदन चल्न नसक्ने बताउनुभयाे । साेही अनुसार सभामुख अधिकारीले आइतबार दिउँसाे १ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
