काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सही राजनीतिक संस्कार निर्माण गर्न नसक्नु सामूहिक चिन्ताकाे विषय भएकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाेखरेलले विगतमा प्रदेश सरकार ढाल्न भएका षडयन्त्रबारे प्रष्ट पार्नुभयाे । यसबीचमा प्रदेश सरकार विरुद्ध भएका गतिविधिले लाेकतान्त्रिक संस्कृति निर्माण गर्न हामी सक्षम रहेनछाैं भन्ने पुष्टि गरेकाे उहाँले बताउनुभयाे ।
संविधान अनुसार पुन प्रदेश सरकार बनेपछि नाटकिय प्रभाव देखिएकाे सुनाउँदै उहाँले भन्नुभयाे - 'खासगरी हाम्राे संसदीय दलमा त्याे देखियाे, केही माननीयाे राजनीनामा गराउने काम भयाे, एक खालले प्रदेश सभामा राजनीतिभित्र अस्वस्थताकाे प्रवेश भएकाे भयाे तर म कसैलाई आक्षेप लगाउँदिन ।' तर ५ वर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिले ५ वर्षका लागि म्यान्डेडकाे पालना नगरी म्यान्डेडबाट च्युत हुने कुरा लाेकतन्त्रमा जनता प्रतिकाे घात भएकाे मुख्यमन्त्री पाेखरेलले बताउनुभयाे । 'यसप्रकारकाे कुरा उचित हाेइन भन्ने कुरा जनतामाझ जाँदा बुझाउन सक्नुपर्छ, जे भयाे दु:खद भयाे ।'
बहुमतसहित मुख्यमन्त्री बनिसकेकाे अवस्थामा सांसद्काे संख्या देखाएर कानुनलाई प्रभाव पार्ने काम भएकाे उहाँले गुनासाे गर्नुभयाे । 'उपधारा २ अनुसार २ वा २ भन्दा बढी दलकाे समर्थन चाहिथ्याे, त्यहाँ व्यक्तिगत समर्थनकाे कुनै औचित्य रहँदैन, त्यसाे हुन्थ्याे भने शेरबहादुर देउवा पनि उपधारा २ अनुसार नै प्रधानमन्त्री बन्नुहुन्थ्याे, त्यहाँ व्यक्ति हाेइन संसदीय दलकाे समर्थन हाे, तर अर्थ नबुझि प्रदेश प्रमुखलाई विवादित बनाइयाे ।' कानुन कार्यान्वयन र व्याख्याबारे बुझाइ कम हुँदा सत्ता र प्रतिपक्षबीच एक प्रकारकाे राजनीतिक द्धन्द लेखिएकाे बताउनुभयाे । भाेलिका दिनमा यस कुरालाई विचार गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयाे ।
प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला विपक्षी उपस्थित नहुनु दु:खद भएकाे उहाँले बताउनुभयाे । पाेखरेलले भन्नुभयाे - 'कहिलेकाँही नकारात्मक कुराले पनि सकारात्मक सन्देश दिने बताउँदै उहाँले भन्नुभयाे - 'प्रतिपक्षीका सचेतक बाहेक अरु उपस्थित नहुँदा पनि सत्तापक्षका सांसद्काे उपस्थिति स्पष्ट बहुमतसहितकाे थियाे, यसबाट मलाई लाग्छ बुहमत र अल्पमतकाे विवाद अन्त्य भयाे भन्ने लाग्छ ।'
अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेश हरेक हिसाबले अगाडि रहेकाे बताउँदै पाेखरेलले भन्नुभयाे - 'वाग्मतीलाई छाेड्ने हाे भने हाम्राे प्रदेशमा काेभिड राेकथाममा धेरै काम भएका छन्, केन्द्र सछरकार गतिविधि जाेडिएकाले वाग्मती तुलनात्मक रुपमा अगाडि हुनु स्वभाविक हाे ।' प्रदेश सरकारले अहिलेसम्म ६२ वटा कानुन बनाइसकेकाे पनि उहाँले बताउनुभयाे ।
जेठ २५ मा प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले टेबुल गर्नुभयाे । उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश सभाको तर्फबाट प्रदेश प्रमुखलाई धन्यवाद दिनुभयाे ।
