काठमाडौं । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७८÷७९ को लागि ल्याएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभा बैठकमा बहुमतले स्वीकृत भएको हो ।
नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुभएको थियो । उहाँले कोभिड नियन्त्रणलाई प्राथमिकतमा राखी काम गर्ने प्रतिवद्धता प्रदेश सभा बैठकमा जनाउनुभएको थियो ।
त्यस्तै संंसद् विकास कोषको कार्यक्रमलाई निरन्तरता दिने, पर्यटन प्रवर्धन र आर्थिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको थियो ।
उहाँले नीति कार्यक्रम कार्यान्वयनको पक्षलाई अझ सशक्त बनाएर लैजाने बताउनुभयो । उहाँले प्रदेश सभा सदस्यले उठाएका कुरालाई सम्बोधन गरेर सरकार अघि बढ्ने बताउनुभयो ।
यस वर्षको नीति तथा कार्यक्रममा केही कुरा छुटेको स्वीकार्दै त्यसलाई सच्याएर अघि बढ्ने उहाँले बताउनुभयो ।
