काठमाडाैं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै अपरान्ह प्रदेशको बजेट सार्वजनिक हुँदैछ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ ।
आज बसेकाे प्रदेश सभा बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि आ-आफ्नाे विचार, प्रश्न र जिज्ञासा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयकाे मुख्यमन्त्री पोखरेलले जवाफ दिनुभएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
