काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले काेभिड संक्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।
आगामी आर्थिक वर्षकाे बजेट मंगलबार सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले साे घाेषणा गर्नुभएकाे हाे । प्रदेशमा रहेका ४ कोरोना विशेष अस्पताललाई थप दरबन्दी व्यवस्थापन तथा परीक्षणणकाे कामलाई विशेष ध्यान दिइने उहाँले बताउनुभयाे ।
जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएकाे उहाँले बताउनुभयाे ।
