काठमाडाैं । प्रदेश-१ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च दिने भएको छ ।
आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो । कर्मचारीको प्रोत्साहन बढाउनका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा जनही १ सय रुपैयाँ खाजा खर्च दिने उहाँले बताउनुभयाे ।
