काठमाडाैं । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि कुल ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्ष ०७८-०७९ काे बजेट सार्वजनिक गर्दै उहाँले साे जानकारी दिनुभएकाे हाे । स्वास्थ्य क्षेत्रको सुधारका लागि उक्त रकम विनियोजन गरिएको उहाँले बताउनुभयाे ।
काेभिड-१९ संक्रमण राेकथाम तथा नियन्त्रणका लागि ४४ करोड छुट्याइएकाे उहाँले बताउनुभयाे । प्रदेशमा काेभिड विरुद्ध फ्रन्टलाइनमा खटिनेहरुका लागि पनि अतिरिक्त खर्च दिइने मन्त्री आङ्बुहाङले जानकारी दिनुभयाे ।
मेची अस्पताललाई २ सय शय्या, पाँचथर र धनकुटा जिल्ला अस्पताललाई १-१ सय शय्याकाे बनाइने छ । काेशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रादेशिक प्रसूति गृह बनाउने पनि उहाँले बताउनुभयाे ।
