काठमाडाैं । प्रदेश-१ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएकाे छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८-७९ का लागि बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।
स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । वित्तीय व्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ । प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ ।
गत आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियाेजन गरिएको थियो । बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकाे छ ।
पूर्णपाठ:
