काठमाडाैं । प्रदेश-२ सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेट सार्वजनिक गरेकाे छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०७८-७९ काे बजेट सार्वजनिक गर्नुभएकाे हाे । जसमा चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड छ ।
गत आर्थिक वर्षमा प्रदेश-२ ले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले कोभिड महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
हेर्नुस् पूर्णपाठ:
