काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले मंगलबार बसेकाे प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८-०७९ काे बजेट सार्वजनिक गर्नुभएकाे हाे । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशले स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले कोभिड-१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएकाे छ । प्रदेशले ४ वटा अस्पताललाई कोभिड उपचार विशेष अस्पतालको रुपमा विकास गरिएकाे बजेटमा उल्लेख छ ।
प्रदेशका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक बजेट विनियाेजन गरिएकाे छ । प्रदेश निजामती सेवाका कर्मचारीका लागि मासिक २ हजार तलब बृद्धिको घोषणा गरिएको छ ।
पूर्णपाठ:
