काठमाडाैं । वाग्मती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँकाे बजेट सार्वजनिक गरेकाे छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष 0७८-०७९ को बजेट सार्वजनिक गर्नुभएकाे हाे । जसमा चालूतर्फ २६ अर्ब १ करोड, पुँजीगत २९ अर्ब ७० करोड र वित्तीय व्यवस्थापनमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
वाग्मतीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएकाे छ । प्रदेश सरकारले ‘प्रदेश प्रमुख कोभिड १९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिलाई कोभिड विरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट विनियाेजन गरेकाे छ ।
कोभिडका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजारको दरले शैक्षिक तथा सामाजिक भत्ता, अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइने गरी बजेट विनियोजन गरिएको छ । प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम’का लागि २ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ ।
पूर्णपाठ:
