काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्ष ०७८-०७८ काे बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड रुपैयाँ रहेकाे छ ।
गत आर्थिक र वर्ष प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएकाे थियाे । याे वर्ष स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियाेजन गरिएकाे छ । अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख विनियाेजन गरिएकाे छ कोरोना महामारी रोकथाम र उपचारका लागि ९० करोड रुपैयाँ
आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसद्ले ३ करोड खर्च गर्न पाउने छन् । हरेक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न ३ करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।
पूर्णपाठ:
