थकाठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८-७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार बसेकाे प्रदेश सभामा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्नुभएकाे हाे । विनियोजित बजेटमध्ये पुँजीगतर्फ २१ अर्ब ६५ करोड ३९ लाख, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख छ ।
कर्णाली सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियाेजन गरेकाे छ । कोभिड-१९ नियन्त्रण र रोकथामका लागि गरिने परीक्षण, उपचार र प्रतिकार्यका लागि ५३ करोड ९८ लाख विनियोजन गरिएकाे मन्त्री शर्माले बताउनुभयाे ।
बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई महामारी कायम रहुन्जेल सुरु तलब स्केलकाे शतप्रतिशत प्रोत्साहन भत्ता दिने बताउनुभयाे । संघीय सरकारसँगको समन्वयमा कोभिड विरुद्धको खोप खरिद गरी क्रमशः सम्पूर्ण कर्णालीबासीहरुलाई खोप लगाउन आवश्यक बजेटकाे व्यवस्था गरिएकाे उहाँले बताउनुभयाे ।
मन्त्री शर्माले आगामी आर्थिक वर्षमा प्रदेशले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
