काठमाडौं । गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै निर्वतमान मुख्मन्त्री समेत रहनुभएका गुरुङले एमालेले विगतको प्रतिपक्षीको जस्तो बिरोधको लागि बिरोध गर्ने परम्पराको अन्त्य गर्ने बताउनुभयो । ‘हामीले कोरेको बाटोमा हिँड्नै पर्छ भन्ने होइन तर सरकार एउटा सिस्टममा हिँड्नु पर्छ’, उहाँले भन्नुभयो ।
आफ्नो सरकारले केही नयाँ कुरा थालनी गरेको र त्यसको चर्चा पनि हुने गरेको गुरुङले बताउनुभयो । जातिय तथा सामाजिक सद्भाव विथोल्ने गरी गरिने काम नेकपा एमालेलाई स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
उहाँले आफूले मन्त्रालयको संख्या बढाइदिएर अहिलेको सरकारलाई काम गर्न सजिलो बनाइदिएको बताउनुभयो । आफूले चाहेको भए मुख्यमन्त्री छाड्ने बेलामा त्यो निर्णय फिर्ता लिन सक्ने भए पनि नयााँ आउने सरकारलाई सजिले होस् भनि आफूले अपजस नै बोकेर भए पनि निर्णय फिर्ता नलिएको बताउनुभयो ।
