काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको लापरबाहीको कारण आइतबारको प्रदेश सभा बैठक स्थगित भएको छ ।
सरकारले बजेट तथा योजना तर्जुमाको ‘रातो किताब’ प्रदेश सभा सदस्यलाई वितरण नगरेको कारण आइतबारको बैठक स्थगित भएको हो ।
प्रदेश सभाको बैठक आइतबार दिउँसो तीन बजेको लागि बोलाइएको थियो । बैठकमा आर्थिक वर्ष ०७८÷७९ को बजेट तथा कर्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
सरकारले बैठक अघि रातो किताब उपलब्ध नगराएपछि अध्ययन नै नगरी बैठक अघि बढ्न नसक्ने भन्दै प्रदेश सभा सदस्यले आपत्ति जनाएका थिए । प्रदेश सरकारले बैठकमै किताब उपलब्ध गराउने बताए पनि सभाका सदस्यले अध्ययन नै नगरी बोल्न नसकिने बताए पछि सोमबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
