काठमाडौं । प्रदेश १ को प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको छ । सोमबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारको बजेट तथा कार्यक्रम माथिको छलफल सुरु भएको हो ।
छलफलको सुरुमा मन्तव्य राख्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बुले धरातलीय यथार्थमा टेकेर बजेट तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै उहाँले प्रदेशका समस्या समेट्ने गरी बजेट तथा कार्यक्रम ल्याएको बताउनुभयो । बजेटका आधार स्पष्ट भएको आङ्बुहाङको भनाइ छ । उहाँले सबैको सहयोगबाट बजेट कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
सरकारले लिएको विकास र समृद्धिको लागि बजेटले सहयोग पुर्याउने उहाँले बताउनुभयो । प्रदेश सरकारले आउने आर्थिक वर्षको लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैँयाको बजेट ल्याएको छ ।
