काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारको सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध पारेको छ ।
बैठक सुरु हुने बित्तिकै कांग्रेसले अवरोध गरेको थियो । सभामुख अर्जुनबहादुर थापाले बैठक सुरु गर्ने बित्तिकै कांग्रेसका प्रदेश सभा सदस्य उठेर बैठकमा अवरोध गरेका थिए ।
कांग्रेस सांसदको विरोधपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द बोहराले सरकारले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको भन्दै विरोध जनाउनुभयो । प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको उहाँले आरोप लगाउनुभयो । आजको बैठक अवरुद्ध भएपछि अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको छ ।
