काठमाडौं । प्रदेश २ को मंगलबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक एसएमएस पठाएर स्थगित गरिएको हो । स्थगित गरिएको बैठक असार २३ गते हुने भएको छ ।
आजको बैठकमा अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सभा बैठक समक्ष पेस गर्नुभएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक नै नबसी एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी प्रदेश सभा सदस्यलाई दिइएको थियो ।
बैठक स्थगित गर्नुको कारण भने प्रदेश सभा सदस्यलाई जानकारी दिइएको छैन ।
