काठमाडौं । राष्ट्रिय सभाको आठाैं तथा बर्खे अधिवेशन सुरु भएको छ ।
राष्ट्रिय सभाकाे वर्खे अधिवेशन आजदेखि सुरु भएकाे हाे । अधिवेशनकाे पहिलाे बैठककाे सुरुमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाचन गरेर सुनाउनु भएकाे छ ।
प्रतिनिधि सभा विघटन भएकाले राष्ट्रिय सभाको मात्र अधिवेशन बोलाइएको हो । राष्ट्रिय सभाको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेस गर्दैछ । आजकाे बैठकका दलका नेताहरुले सम्बाेधन गर्नुहुँदैछ ।
