काठमाडाैं । सरकारले जनहितका काम गरिरहेकाे राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले बताउनु भएकाे छ ।
बिहीबारदेखि सुरु भएकाे राष्ट्रिय सभाकाे आठाैं अधिवेशनकाे पहिलाे बैठकमा बाेल्दै सांसद् सिंहले सरकारका कामकाे प्रशंसा गर्नुभएकाे हाे । सरकारले लक्षित समूहलाई खाेजी खाेजी खाेप लगाइरहेकाे उहाँले बताउनुभयाे ।
सबैलाई चाँडै खाेप लगाउनका लागि सरकारसँग सांसद् सिंहले आग्रह गर्नुभयाे । मै छुटकाे थिएँ तर खाेजेर घरमै आएर लगायाे, मलाई मात्रै हाेकी अरुलाई पनि भनेर साेधेँ, हाेइन रहेछ गाउँवस्तीमा खाेजी खाेजी खाेप लगाएकाे देखेँ सरकारलाई धन्यवाद दिन चाहान्छु ।'
सरकारले प्राकृतिक व्यवस्थापनमा राम्राे काम गरेकाे उहाँले बताउनुभयाे । काेशीकाे डुबान राेक्न सरकारले तिब्रतासाथ काम गरिरहेकाे सांसद् सिंहले बताउनुभयाे । सरकार विपद् नहाेस् भन्ने कुरामा सचेत रहेकाे पनि उहाँले बताउनुभयाे ।
