काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रियस भामा पेस भएको छ ।
आजदेखि सुरु भएकाे राष्ट्रिय सभाकाे आठाैं अधिवेशनकाे पहिलाे बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८’ पेस गर्नुभएकाे हाे ।
मन्त्री श्रेष्ठले ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ पनि राष्ट्रिय सभामा पेस गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे तर्फबाट मन्त्री श्रेष्ठले दुबै अध्यादेश पेस गर्नुभएकाे हाे ।
