काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
आठौंअधिवेशनको दोस्रो बैठक नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसाे १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । आजकाे बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएकाे छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६-०७७’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७-०७८ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।
असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो । साे बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए । बैठकमा दलका नेताहरुले सम्बाेधन गरेका थिए ।
प्रतिनिधि सभा विघटन भएकाले राष्ट्रिय सभाकाे अधिवेशन मात्र चलिरहेकाे छ ।
