काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले अफ्नो पार्टीको निर्णय विपरित एमालेका नेतहरु राष्ट्रपति कार्यालय र अदालतमा नचाहिँदो तरिकाले लाइन लागेको बताउनुभएको छ ।
मलाई प्रधानमन्त्री बनाउनु पर्यो भनेर विपक्षी दलका नेता राष्ट्रपतिसम्म जानु ठीकै भए पनि अर्को पार्टीका सांसदको हस्ताक्षर लिएर अदालतसम्म धाउनु विडमम्बनापूर्ण भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद् दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभाले एक आपसमा लुकामारी खेलेको बताउनुभयो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक एकैसाथ नबसे देशले कानुन नपाउने उहाँले बताउनुभयो ।
उहाँले सरकारले गरेको राम्रा काम देख्दै नदेख्ने प्रतिपक्षीमा दृष्टिभ्रम रहेको उहाँले बताउनुभयो । सरकारले कोभिड विरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
उहाँले प्रतिपक्षीलाई मुद्दा मामलामा लाग्नु भन्दा निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । प्रतिनिधि सभा पुर्नस्थापित भए पनि त्यसले फेरि काम गर्न नसक्ने उहाँले दाबी गर्नुभयो ।
