काठमाडाैं । राष्ट्रिय सभा बैठकले नवनिर्वाचित सदस्यद्धय डा. खिमलाल देवकोटा र दृगनारायण पाण्डेयलाई संसदीय समितिमा मनाेनयन गरेकाे छ ।
राष्ट्रिय सभाको आज बसेको बैठकले सरकारी आश्वासन समितिमा डा देवकोटा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पाण्डेयलाई मनोनयन गरेको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा उहाँहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको हो ।
