काठमाडाैं । प्रदेश-२ को प्रदेश सभा बैठक फेरि सरेकाे छ ।
आज दिउँसो १ बजेका लागि बाेलाइएकाे बैठक असार २५ गतेका लागि सारिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । सचिवालयले आज सूचना निकालेर साे जानकारी दिएकाे हाे । गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष ०७८-७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल सुरु हुन सकेको छैन ।
साेही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगित भएको थियो ।
एमाले र माओवादी केन्द्रका सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनुपर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि गत १६ गतेलाई बैठक बोलाइएको थियो । तर, साे बैठक स्थगित गर्दै आजका लागि सारिएको थियो ।
