काठमाडौं । लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६-०७७ राष्ट्रिय सभामा पेस भएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन पेस गर्नुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उहाँले साे प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले दुई वटा प्रतिवेदन पेस गर्नुभएकाे छ । उहाँले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ सभामा पेस गर्नुभएकाे हाे ।
राष्ट्रिय सभाको अर्को बैठक असार २७ गते आइतबार दिउँसाे १ बजे बस्नेछ ।
