काठमाडाैं । राष्ट्रिय सभा सदस्य अनिता देवकाेटाले नागरिकलाई खाेप दिनुपर्ने बेला सरकार कमिसनकाे खेलमा लागेकाे आराेप लगाउनु भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै कांग्रे सांसद् देवकाेटाले भन्नुभयाे - 'काेभिडबाटआक्रान्त नागरिकले हामीले भ्याक्सिन लगाउन पाउनुपर्छ भनेर माग उठाइरहेका छन्,१३ लाख जेष्ठ नागरिकहरु दाेस्राे डाेज खाेप कहिले आउँछ भनेर पर्खिरहेका बेला सरकार कमिसनकाे चक्करमा छ ।'
नागरिककाे करबाट नागरिककाे स्वास्थ्य बचाउन सकिन्न भने सरकारकाे सार्थकता के ? सरकार कति दिनसम्म नागरिकाे लास गन्ने ? कति दिन नागरिककाे समवेदना लेख्ने हाे ? म सरकारसँग प्रश्न गर्छु । काेभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य कर्मीलाई जाेखिम भत्ता दिने निर्णय गरेपनि उनीहरुले अहिलेसम्म भत्ता नपाएकाे देवकाेटाले बताउनुभयाे ।
काेभिडबाट देश आक्रान्त भएकाे भन्दै सांसद् देवकाेटाले धेरै नागरिकले राेजगारी गुमाएका बताउनुभयाे । उद्याेगधन्दा बन्द भएका पनि उहाँले बताउनुभयाे । बाढी पहिराेका कारण पनि देशमा क्षति पुगिरहेकाे देवकाेटाले बताउनुभयाे ।
