काठमाडौं । पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आउने साउन ३ गते बस्ने भएको छ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुर्नस्थापित गर्दै साउन ३ गते ५ बजेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि सर्वोच्चले सोमबार फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश दिएको छ ।
