काठमाडौं । राष्ट्रिय सभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, ०७६/७७’ पेश भएको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, ०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ ।
–रासस
