काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।
बजेट पारित नभएपछि नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशनको अन्त्य गरिएको बताइएको छ ।
मन्त्रिपरिषद्ले साउन ३१ गते चालू अधिवेशन अन्त्य गर्न गरेको सिफारिस अनुसार बिहिबार मध्येेरात १२ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको सूचनामस उल्लेख गरिएको छ ।
