काठमाडाैं । केपी शर्मा ओली नेतृत्वकाे सरकारकाे प्रयासका कारण काेभिड विरुद्धकाे खाेप निरन्तर आइरहेकाे बताउनु भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् अधिकारीले अघिल्लाे सरकारकै प्रयासका कारण खाेप आइरहेकाे बताउनुभयाे । खाेप ल्याउन प्रक्रियालाई निरन्तरता दिन अधिकारीले वर्तमान सरकारलाई आग्रह गर्नुभयाे । 'खाेप आइरहेकाे छ,मैले याे सरकार आउनासाथ खाेप आयाे भन्न खाेजेकाे हाेइन, अघिल्लाे सरकारकाे प्रयासकै कारण खाेप आइरहेकाे छ, याे सरकारले यसलाई निरन्तरता दिनुपर्छ'-अधिकारीले भन्नुभयाे ।
बाढी पहिराे पीडितकाे व्यवस्थापनमा ध्यान दिन पनि अधिकारीले सरकारसँग आग्रह गर्नुभयाे । सरकार बदलीएपनि तथ्य र तथ्यांक नबदलीएकाे पनि अधिकारीले बताउनुभयाे ।
