काठमाडाैं । नेकपा एमालेका सांसद् सुमनराज प्याकुरेलले जनादेशबाट बनेकाे सरकारलाई अदालतकाे परमादेशबाट हट्न वाध्य पारिएकाे बताउनु भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् प्याकुरेलले चाैतर्फी घेराउमा पर्दा पनि राम्राे काम गरेकाे सरकारलाई हट्न वाध्य पारिएकाे उहाँले बताउनुभयाे । यद्यपि आफूहरु आफ्नाे जिउमा लागेकाे धुलाे टक्टकाउँदै उठ्ने प्याकुरेलले बताउनुभयाे । अन्तिम न्यायालय र न्यायाधीश जनता भएका बताउँदै प्याकुरेलले भन्नुभयाे - 'हामी जनताकाे अदालतमा जाँदैछाैं,सामाजिक न्यायसहितकाे बहुदलीय शासन प्रणालीलाई निषेध गर्न थालिएकाे षडयन्त्रप्रति जनतालाई सचेत गराउँदै बलियाे जनमत र जनसमर्थन साथ फेरि सत्तामा पुग्नेछाैं ।'
मनमाेहन अधिकारी नेतृत्वकाे सरकारलाई जस्तै केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई अपदस्थ गरेपनि ओली सरकारले गरेका लाेकप्रिय काम मान्न अन्य सरकार वाध्य हुने पनि उहाँले बताउनुभयाे ।छाेटाे समयमा चाैतर्फी घेराबन्दीबीच पनि राष्ट्रियता, जनजिविका र राष्ट्र निर्माणकाे सवालमा केपी ओलीले प्रस्तुत गर्नुभएकाे दृष्टिकाेण स्वीकार गरेर अगाडि बढ्न भावी सरकार भाेलि वाध्य हुने उहाँले बताउनुभयाे । लिम्पियाधुरासहितकाे नक्साजारी, भाैतिक क्षेत्रमा अग्रगामी छलाङ लगायत कामकै कारण पूर्व सरकार अर्थात केपी शर्मा ओलीलाई जनताले सधै सधै सम्झिरहने बताउनुभयाे ।
सर्वाेच्च अदालतकाे फैसलाले संविधानकाे मूल मर्ममाथि प्रहार गरेकाे उहाँले बताउनुभयाे । सांसद् प्याकुरेलले सर्वाेच्चकाे फैसलाले गलत नजिर बसालेकाे बताउनुभयाे । 'बहुदलीय शासन प्रणालीमा वैधानिक रुपमा संसद्बाट सरकार परिवर्तन स्वभाविक मानिन्छ तर त्यसबेला त्याे अस्वभाविक मानिन्छ जब जनादेशबाट बनेकाे सरकारलाई संविधानकाे गतल व्याख्यासहित संसद हाेइन अदालतकाे परमादेशबाट परिवर्तन गरिन्छ'- उहाँकाे भनाइ छ ।
सर्वाेच्चकाे फैसलाले प्रधानमन्त्री चयन गर्ने संसद्काे विशेषाधिकारलाई अपहरण गरेकाे पनि उहाँले बताउनुभयाे । 'संसद् बाेलाउने संवैधानिक व्यवस्थालाई संशाेधन गरेकाे छ,दलीय व्यवस्थामा दलकाे ह्वीप नलाग्ने जस्ताे हास्यास्पद तर्क दिँदै कालान्तरमा बहुदलीय शासन प्रणालीकाे अन्त्य र पुन निर्दलीय व्यवस्थाकाे विजाराेपण गर्दै नेपाली जनताले आफ्नाे रगतसँग साटेकाे व्यवस्थालाई सुधारिएकाे पञ्चायती व्यवस्थाकेा शैलीमा लाने षडयन्त्रकाे व्यवस्था गरिएकाे छ'-उहाँकाे भनाइ छ ।
सत्ताकाे क्षणिक लाभका कारण सर्वाेच्चकाे फैसला कसैलाई अहिले मन परेपनि भाेलि यसले सत्यनास पार्ने उहाँकाे भनाइ छ ।
