काठमाडौं । राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले संविधान बनाउँदा छुटेका अन्तरकुन्तरलाई अदालतले व्याख्या गरिदिएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद् गौतमले नेपालको लोकतान्त्रिक व्यवस्था नेपालकै मौलिकताको शासन व्यवस्था भएको बताउनुभयो । समन्वय र सहकार्यको संस्कारलाई विकास गर्दा मात्रै नागरिकलाई संवैधानिक अधिकार प्रदान गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा हुनुपर्ने बताउनुभयो । यसको लागि नागरिकलाई कोभिडको भ्याक्सिन उपलब्ध गराउनु पर्ने उहाँले बताउनुभयो ।
यसैगरी बाढी पहिरोमा परेका नागरिकलाई प्राथमिकतामा राखेर राहत, पुर्नस्थापना र उपचारमा लाग्न उहाँले सरकारलाई सुझाव दिनुभयो । यसैगरी वर्षायाममा लाग्न सक्ने विभिन्न सरुवा रोगको पूर्वतयारीमा रहन आग्रह गर्नुभयो ।
उहाँले नागरिकको सामाजिक सुरक्षामा पनि सरकारको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालका सबै राजनीतिक दल लोकतन्त्रको लडाईँ लडेर आएकोले कोही कसैको दुस्मन नरहेको बताउनुभयो । ‘अहिले गठबन्धन बनेर आएको छ, राजनीति गर्दा गठबन्धन गरेर जाने कुरालाई अन्यथा मान्नु हुँदैन’, गौतमले भन्नुभयो ।
भोलि समान दृष्टिकोण भएका शक्ति एक ठाउँमा अउन सकने भएकोले कसैले कसैलाई छिछि दुरदुर गर्न नहुने उहाँले बताउनुभयो ।
