काठमाडौं । चालु आर्थिक वर्ष ०७८-०७९ को बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश प्रतिनिधि सभामा पेस भएकाे छ ।
साेमबार बसेकाे पुर्नस्थापित प्रतिनिधि सभाकाे पहिलाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गर्नुभएकाे हाे ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले प्रतिनिधि सभा नभएकाले बजेटमार्फत अध्यादेश ल्याएकाे थियाे ।
