काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकार कसरी चल्छ भन्ने अब कुरा कांग्रेसले देखाउने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले विश्वासको मत प्राप्त गरेपछि सञ्चालन हुने शेरबहादुर देउवाको सरकारले हरेक दिन संसद् सम्झने बताउनुभयो । उहाँले देउवा सरकारले सबै खालका वेथिति र भ्रष्टाचारलाई अन्त्य गर्ने दाबी गर्नुभयो ।
उहाँले नेपालको अदातले कठिन भन्दा कठिन दिनमा पनि बाटो देखाएको बताउनुभयो । अदालतले आफ्नो पक्षमा फैसला गरेको भन्दै उहाँले अदालत प्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले अदालतको फैसलाको आलोचना नगर्न पनि एमालेलाई चेतावनी दिनुभयो ।
रिजालले शेरबहादुर देउवाले प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र बाबुराम लगायतका नेतालाई लिएर हिँडेको बताउँदै केपी शर्मा ओली र महन्थ ठाकुुरलाई पनि साथमा लिएर हिँड्ने बताउनुभयो ।
सांसद्ले विवेक प्रयोग नगर्ने हो भने दलको ह्वीपले मात्र लोकतन्त्र अघि नबढ्ने उहाँले बताउनुभयो । ‘विवेकलाई प्रयोग गर्ने ठाउँ जहिले पनि खुल्ला राखिएको हुन्छ’, उहाँले भन्नुभयो ।
