काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै जसपा सांसद् ठाकुरले भन्नुभयाे - 'विश्वासकाे मतसम्बन्धी प्रस्तावमा हाम्राे समर्थन छ ।' पटकपटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएका उहाँले बताउनुभयाे ।
देउवा परमादेशले नै प्रधानमन्त्री बनेको भन्दै उहाँले जनताको आदेशले नबनेकाे बताउनुभयाे । उहाँले राष्ट्रियता र नागरिकताका विषयमा पनि सर्वाेच्चले आदेश दिनुपर्ने हाे कि भनेर प्रश्न गर्नुभयाे ।
