काठमाडौं । नेकपा एमालेका २२ जना सांसद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा देउवाले विश्वासकाे मत लिनुभएकाे थियाे । त्यसक्रममा एमालेकाे संस्थापन पक्षका ८ र माधव गुटका १४ गरेर २२ जना सांसद्ले देउवालाई विश्वासकाे मत दिएका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वाेच्चमा दायर रिटमा माधव गुटका २३ सांसद्ले हस्ताक्षर गरेका थिए । तर आज सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन् । भीम रावलले सांसद् पदबाटै राजीनामा दिनुभयाे ।
माधव गुटका २३ सांसद्कै विशेष सहयाेगले सर्वाेच्चकाे परमादेशअनुसार देउवा प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
यी हुन् देउवालाई मत दिने एमाले सांसद् :
१ माधवकुमार नेपाल
२ विरोध खतिवडा
३ जीवनराम श्रेष्ठ
४ कल्याणी खड्का
५ मेटमणि चौधरी
६ भवानी खापुङ
७ मुकुन्द न्यौपाने
८ पार्वती विशंखे
९ हिरा केसी
१० कृष्ण श्रेष्ठ (किसान)
११ गोपाल बम
१२ प्रेम आले
१३ धनबहादुर बूढा
१४ बिना बूढाथोकी
१५ सरला यादव
१६ पुष्पा कर्ण
१७ लक्ष्मी चौधरी
१८ निरा जैरी
१९ रामकुमारी झाँक्री
२० कलिला खातुन
२१ समिना हुसेन
२२ कृष्णलाल महर्जन
