काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले शेरबहादुर देउवा संविधान अनुसार नै प्रधानमन्त्री हुनुभएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै कम्युनिष्टहरुले व्यवस्थापन गर्न नसक्दा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको उहाँले बताउनुभयो । ‘शेरबहादुर देउवा लक्कि नै हुनुहुन्छ’, देउवालाई प्रधानमन्त्री भएकोमा शुभकामना दिँदै सिंहले भन्नुभयो ।
उहाँले कोभिड बिरुद्धको खोपलाई प्रथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । खोप व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्न उहाँले आग्रह गर्नुभयो ।
कोभिडसँगै भ्रष्टाचार नियन्त्रणमा सफलताको लागि पनि उहाँले प्रधानमन्त्री देउवालाई शुभकामना दिनुभयो । देश संकटमा पर्दा निकास दिने कांग्रेस भएकोल त्यो भूमिका निर्वाह गर्न उहाँले देउवालाई शुभकामना दिनुभयो ।
