काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सर्वोच्च अदालतले संसद्को अधिकार क्षेत्र मिचेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले असंवैधानिक भएको भए अदालतले प्रतिनिधि सभा पुर्नस्थापनासम्मको फैसला गर्नसक्ने भए पनि अदालत त्यो भन्दापनि अघि बढेको उहाँले बताउनुभयो । ‘बाँकी काम संसद् आफैले गर्नु नै संसदीय सर्वोच्चता हो’, उहाँले भन्नुभयो ।
केही दल र सांसद्को समर्थनमा प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको नीति र कार्यक्रम नै नभएकोले उहाँले हुकुमी शासन चलाएको उहाँले बताउनुभयो । नेपालको शासन सञ्चालनमा नेपाली कांग्रेसको वर्चश्व रहेको र त्यसले देश भताभुङ्ग पारेको उहाँले बताउनुभयो । शेरबहादुर देउवालाई उहाँले विगतमा शासन सञ्चालन गर्दा गरेको गल्ती नदोहोर्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले सिंहदरबार असफल भए देश असफल हुने बताउनुभयो । यसमा ध्यान दिन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
