काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनुराेध गर्नु र ह्वीप लगाउनु एउटै नभएकाे दाबी गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा आफूलाई बधाई तथा शुभकामना दिने दलका नेताहरुलाई धन्यवाद दिँदै देउवाले भन्नुभयाे - 'हामीले अनुराेध गरेका हाैं, ह्वीप लगाएका हाेइनाैं, अनुराेध पनि गर्न नपाइने याे कहाँकाे नियम हाे ?'
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ह्वीपसम्बन्धी प्रश्न उठाउनु भएकाे थियाे । साेही प्रश्नमा लक्षित गर्दै प्रधानमन्त्री देउवाले अनुराेधलाई ह्वीपका रुपमा नलिन आग्रह गर्नुभयाे । माओवादी लगायत अन्य दलका सांसद्लाई पनि आफूले त्यस्ताे अनुराेध गरेकाे देउवाले बताउनुभयाे ।
संविधानकाे धारा ७६ काे उपधारा ५ किन लेखेकाे भन्दै प्रधानमन्त्री देउवाले नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रश्न गर्नुभयाे ।
आफूहरुले गरेका वाचा पूरा गर्ने पनि देउवाले प्रतिबद्धता जनाउनुभयाे । सबै नेपाली जनतालाई ऋण लगाएर भए पनि खाेप लगाइने उहाँले बताउनुभयाे । गठबन्धन सरकारले एक वर्षमा देखिनेगरी काम गर्ने पनि प्रधानमन्त्री देउवाले दाबी गर्नुभयाे ।
