काठमाडौं । प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन ०७७’ सभा समक्ष पेश गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, ०७८’ पनि सदनमा पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १२ गते मंगलबार दिनको १ः०० बजे बस्नेछ ।
–रासस
