काठमाडाैं । नेकपा एमालेकी सांसद् भगवती न्याैपानेले सर्वाेच्च अदालतकाे फैसला गलत भएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् न्याैपानेले सर्वाेच्च अदालतकाे फैसलामा असहमति रहेकाे बताउनुभयाे । सदनमा अदालतकाे फैसला, जनादेश र परमादेश लगायत धेरै कुरा उठेका भन्दै उहाँले फैसलामा गम्भीर असहमति भएपनि स्वीकार गरिएकाे बताउनुभयाे ।
'अदालतले हामीले भनेअनुसार फैसला गरेन र हाम्राे अनुकूल फैसला गरेन भने न्यायाधीशलाई सडकमा ल्याएर पछार्छाैं भन्ने भाषण हिजाे हामीले सडकबाट सुन्याैं, अदालतकाे फैसलालाई अस्वीकार गर्छाैं, सडकबाटै फैसला गर्छाैं याे पनि सुन्याैं, तर हामीले फैसला मान्दैनाैं भनेनाैं, हामी सत्य कुरा बाेल्छाैं, हामीले आज बाेलेका कुरा भाेलि इतिहासले पुष्टि गर्नेछ, अदालतकाे फैसलामा हाम्रार् असहमति छ, अदालतकाे फैसला गलत छ भन्ने पछि प्रमाणित हुन्छ'- भगवतिकाे भनाइ छ ।
अदालतकाे फैसला गलत थियाे भन्ने कुरा भाेलि इतिहासले पुष्टि गर्ने चेतावनी दिँदै भगवतिले भन्नुभयाे - 'आज तलाईं खाने बाघले भाेलि मलाई पनि खान्छ भन्ने हेक्का राखियाेस्, आज चर्का भाषण गर्नेहरुकाे भाषण हामी सुन्नैपर्छ, भाेलि एमालेकाे ढाेकामा गएर त्याे फैसला गलत थियाे भन्ने दिनकाे पर्खाइमा हामी छाैं ।'
अदालतले सिधै प्रधानमन्त्री ताेक्ने इतिहास संसारमा कहीँ कतै नभएकाले सर्वाेच्चकाे फैसला निर्दलीय चरित्रकाे भएकाे भगवतिले प्रष्ट पार्नुभयाे । संसद्मा ह्वीप जारी हुँदैन भन्ने फैसलाकाे दूरगामी प्रभावलाई हेर्ने हाे भने नेपालकाे राजनीतिक आकाशमा अनिष्ठकाे संकेत देखिएकाे पनि उहाँले बताउनुभयाे ।
संविधान र व्यवस्थामाथि नै प्रहार गर्ने सर्वाेच्चकाे फैसला गलत हाे भन्न आफूहरुले कहिल्यै नछाड्ने बताउँदै भगवतीले भन्नुभयाे - 'हामी भन्छाैं हदालतकाे फैसला गलत छ, पटक-पटक भन्छाैं अदालतकाे फैसला गलत छ, यसमा प्राज्ञिक वहस हुन जरुरी छ, हामी नागरिककाे बीचमा जनताकाे बीचमा पुर्याउँछाैं अदालतकाे फैसला बेठिक छ ।'
एमाले देशकै प्रमुख ठूलाे राजनीतिक शक्ति भएकाे बताउँदै भगवतिले एमालेलाई सक्छु भन्ने मानसिकता कसैले राखेकाे छ भने त्याे दिवास्वप्न मात्र हुने बताउनुभयाे ।
राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाे भन्दै उहाँले राष्ट्रपतिमाथिकाे आक्रमण सह्य नहुने बताउनुभयाे । 'सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विगतमा पनि पटक पटक अमर्यादित ढंगले निकृष्ठ गैरराजनीतिक शब्द प्रयाेग गरिएकाे थियाे, हिजाे फेरि दाेहाेर्याउँदै हस्किने र मस्किने शब्द प्रयाेग गरिएकाे छ, त्यसप्रित खेद व्यक्त गर्छु'- उहाँले भन्नुभयाे ।
