काठमाडौं । माधवकुमार नेपालले संसदीय समितिकाे बैठकमा असामान्य व्यवहार देखाउनु भएकाे छ ।
प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेकाे बैठकमा नेता नेपालले संसदीय मर्यादा विपरितकाे व्यवहार देखाउनु भएकाे हाे । नेकपा एमालेकाे विवादलाई नेता नेपालले संसदीय समितिमा पुर्याउनु मात्र भएन सांसद्कै अपमान गर्नुभयाे ।
माधवले एमाले सांसद् नारदमुनि रानाकाे राजीनामा माग्नु भएकाे हाे । संस्थापन पक्षका सांसद् रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न भन्दै नेता नेपालले रानाकाे अपमान गर्नुभएकाे हाे ।
माधवकाे अपमानपछि समितिमा माधव र नारदबीच केहीबेर भनाभन समेत भएकाे थियाे । नेपालले रानालाई प्रतिगमनको मतियार भएर नबस्न भन्दै कानुन विपरित राजीनामा माग्नुभएकाे थियाे । 'प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस्'- माधवले रानालाई भन्नुभएकाे थियाे ।
