काठमाडाैं । प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय छ ।
राष्ट्रिय सभाको बैठक पनि आज दिउँसाे १ बजे नै बस्ने संसद सचिवालयले जनाएको छ ।
