काठमाडाैं । सांसद् घनश्याम खतिवडाले नयाँ सरकार बनेसँगै निराशाका दिन सुरु भएका बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खतिवडाले भन्नुभयाे - न काेभिड खाेप पाइएकाे छ, अघिल्लाे सरकारका निर्णय उल्ट्याउन खाेजिएकाे छ,निराशाका दिन सुरु भए भन्ने लागेकाे छ ।'
काेभिडकाे असर बढिरहेका बेला पहुँचवालाले मात्र पाउने खाेप पाएकाे सुनिएकाे भन्दै उहाँले सहज रुपमा खाेप दिलाउने व्यवस्था मिलाउने सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । 'काेभिडकाे असर बढिरहेकाे छ, खाेप पहुँचवालाले मात्र पाउने र दुर्गममा नजाने भएकाे छ, खाेपकाे विषयमा म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु, हुन त सरकार बनेकाे यतिका दिनसम्म पनि स्वास्थ्य मन्त्रालयले मन्त्री नपाएकाे अवस्थामा केपाे हाेला र ?'
सुकुम्वासी समस्या सम्बन्धमा अघिल्लाे सरकारले बनाएका नीति, थिति, विधि र प्रक्रियाहरुलाई लथालिंग पार्ने अभिव्यक्तिहरु आइरहेका बताउँदै खतिवडाले भन्नुभयाे -' सुकुम्वासीकाे भावना भड्क्याे भने राज्यले समाल्हन नसक्ला ।'
