काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले कुनै पनि निकायले गरेको निर्णय माथि छलफल नै हुनुहुँदैन भन्ने कुरा अलोकतान्त्रिक भएको बताउनुभएको छ ।
कुनै पनि निर्णय माथि छलफल गर्नुहुँदैन भन्नेहरु लोकतन्त्रवादी हुननक्ने पण्डितले बताउनुयो । ‘सबै निर्णमाथि जनताको छलफल गर्ने अधिकार हुन्छ’,उहाँले भन्नुभयो ।
अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्दलीय प्रक्रियाबाट प्रधानमन्त्री बनेको भन्दै सो विषय हरेक क्षेत्रमा छलफलको विषय बनेको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको मंगलबार विशेष समयको बैठकमा बोल्दै पण्डितले यसको समिक्षा हुने बताउनुभयो । तथापि अदालको फैसला स्वीकार्ने कुरामा विवाद नभएको उहाँको भनाइ छ ।
देउवा सरकार बन्ने बित्तिकै भूमि व्यवस्था आयोगको काम रोकेर सरकार सुकुम्बासी प्रति अनुदार भएको उहाँले बताउनुभयो । सरकार धनीको पक्षमा लागेको पण्डितले बताउनुभयो । ‘गरिबको हितमा यो सरकारले काम गरेको छैन’, उहाँले भन्नुभयो ।
उहाँले नागरिकता विधेयक छिटो पारित गरी नेपाली जनतालाई छिटो नागरिकता दिन आग्रह गर्नुभयो । त्यस्तै निजामति कर्मचारी विधेयक पनि छिटो ल्याउन उहाँले माग गर्नुभयो ।
उहाँले अपराधी छुट्ने प्रक्रिया सुरु भएको बताउँदै अपराधीहरु प्रधानमन्त्रीको ओरिपरि नपुगुन् भन्दै चेतानी दिनुभयो । त्यसो भयो भने लोकतन्त्रलाई गिज्याउने काम हुने उहाँले बताउनुभयो ।
