काठमाडाैं । सांसद् दिव्यमणि राजभण्डारीले काे व्यक्ति मन्त्री बन्न सक्छ काे बन्न सक्दैन भन्नेबारे तत्काल कानुन बनाउन माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै कांग्रेस सांसद् राजभण्डारीले याे विषयमा तत्काल नियम र कानुन बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । अहिले व्यवसायीहरुकाे बारेमा ठूलाे चर्चा भइरहेकाे छ,अहिले मन्त्री बनेका र हिजाे मन्त्री बनेकाहरुकाे बाेरमा विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन्,संविधानले व्यवसायीलाई मन्त्री बन्न दिएकाे छ, तर काे मन्त्री बन्न सक्छ काे बन्न सक्दैन कानुन र नियम बनाेस् ।'
यस विषयमा तत्काल कानुन बनाउन आग्रह गर्दै उहाँले भन्नुभयाे - 'पार्टीकाे नियम बनाउन ढिलाे गरेजस्ताे,यसलाई ढिलाे नगराैं ।' सांसद् राजभण्डारीले तत्काल मन्त्रीमण्डललाई पूर्णता दिएर जनतालाई सेवा दिन पनि सरकारसँग माग गर्नुभयाे ।
सांसद् राजभण्डारीले संसद्, संसदीय समिति र सांसद्लाई क्रियाशील बनाउनुपर्ने बताउनुभयाे । उहाँले तत्काल उपसभामुख चयन गर्न पनि सरकारसँग माग गर्नुभयाे । प्रधानमन्त्रीले सम्बाेधन गर्दा प्रतिपक्षी दलकाे नेता सहभागी हुनुपर्ने भएपनि विगतमा त्यसाे नभएकाे भन्दै उहाँले प्रतिपक्षीले पनि यसमा ध्यान दिनुपर्ने बताउनुभयाे ।
सांसद् राजभण्डारीले काेभिडकाे राेकथामका लागि तत्काल सर्वदलीय समिति बनाउन माग गर्नुभयाे ।
