काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको संविधान नै विश्वको नयाँ भएकोले परमादेशबाट सरकार बन्नु पनि विश्वको नयाँ घटना भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद् देवले बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सरकारलाई अस्थिरताबाट जोगाउनको लागि संविधानको धारा ७६ को उपधारा ५ व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले अहिलेको सरकार दुनियाँमा नै नभएको तर नेपालमा भएको उहाँले बताउनुभयो । ‘कहीँ दुनियाँमा भएन, नेपालमा हुनसक्छ र भयो’, उहाँले भन्नुभयो ।
उहाँले सर्वोच्च अदालतको निर्णयले नेपालको प्रजातन्त्रलाई बलियो बनाएको बताउनुभयो । उहाँले अदालतले संविधानको संरक्षण गरेको बताउनुुुभयो ।
